पर्वतका गिरी एमाले प्रमुख सचेतक

काठमाडाैं | फागुन २९, २०७९

पर्वतका गिरी एमाले प्रमुख सचेतक

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।


पर्वतबाट लगातार दोस्रोपटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब २ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए ।


ओलीले सांसद महेश बर्तौलालाई सचेतक चयन गरेका छन् । बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । उनले मकवानपुरमा विरोध खतिवडालाई हराएका थिए ।


उनीहरू दुवै जना कुनै बेलासँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन भएको ४ महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेतालाई जिम्मा दिएका हुन् ।

 

गिरी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।


बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।

 

बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

 

नेकपा विभाजनपश्चात प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एमालेबाट प्रमुख सचेतकमा विशाल भट्टराई र सचेतक शान्ता चौधरी थिए । गत निर्वाचनमा भट्टराई र चौधरी दुवै पराजित भए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्